१९ भाद्र २०८३, शुक्रबार
,
Latest
Auto Draft चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी न्यून प्रणालीको प्रभाव बिभिन्न स्थानमा असिना सहितको बर्षा



अ+ अ-

काठमाडौं । हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली गराउनुका साथै देशका कतिपय भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ साथै तराईमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो ताप्लेजुङ, ओखलढुङ्गा, पोखरालगायत स्थानमा वर्षा भएको छ । पोखरामा असिनापानीसहित वर्षा भएको छ । पोखरामा सबैभन्दा बढी १९ मिलिमिटर वर्षा भएको छ । वर्षाले पोखराको हवाई उडान पनि प्रभावित बनेको छ । बुद्ध एयरले तीन उडान रद्द गर्नुपरेको जनाएको छ । 

 काठमाडौँ उपत्यकामा आकास गड्याङगुडुङसहित पूर्ण बदली छ । बदली र वर्षाले बढी चिसो महसुस गरिएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भेगका केही स्थानमा स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी  भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि सोमबार पनि देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागको केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

तस्वीर : राधिका कँडेल, रासस