९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

मुलुकलाई नेतृत्व प्रदान गर्ने गरी एमाले अघि बढ्छ: उपाध्यक्ष पौडेल

मुलुकलाई नेतृत्व प्रदान गर्ने गरी एमाले अघि बढ्छ: उपाध्यक्ष पौडेल
अ अ+ अ-

बुटवल ।नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढने बताउनु भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकि रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गर्नु भएको हो । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँले सोमबार बिहान बुटवलमा स्थानीय सञ्चारकर्मीहरुमाझ संक्षिप्त कुरा गर्दै मुलुकको विकास, समृद्धि र न्यायको अभियानलाई गति दिन पनि एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने जिकीर समेत गर्नु भयो ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि बहुमतको सरकार बनाउने एजेण्डाका साथ आफ्नो पार्टी निर्वाचनमा गएपनि सोही अनुसारको जनादेश प्राप्त हुन नसकेको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले प्राप्त जनादेशको सम्मान गर्दै अघि बढने स्पष्ट पार्नु भयो । उहाँले राष्ट्रलाई अघि बढाउने सन्दर्भमा आफ्नो पार्टीले संघीय संसद, प्रदेशसभाहरुमा पनि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने पटकपटक दोहो¥याउनु भयो ।

उपाध्यक्ष पौडेलले भन्नु भयो, ‘यस पटकको निर्वाचनमा नेकपा एमालेले यो आत्मविश्वासका साथ गएको होकि एजेण्डाको दृष्टिकोणले, देशलाई अघि बढाउने एजेण्डाको दृष्टिकोणले जनताका, राष्ट्रका समस्यालाई समाधान दिने दृष्टिकोणले हामीले उठाएको महत्वपूर्ण मुद्दा राजनीतिक स्थायित्वको मुद्दा थियो । राजनीतिक स्थायित्वका लागि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन गर्ने मुद्दा थियो । तर, आज यतिबेलासम्म आईपुग्दा हामीलाई बहुमत प्र्र्र्राप्त गर्न सम्भव भएन । हामी यो प्रकट भएको जनादेशलाई सम्मान गर्छौ । त्यसलाई स्विकार गछौं । र, त्यस अनुरुप अघि बढछौं ।

एउटा सत्य के हो भने फेरी पनि नेकपा (एमाले)ले राष्ट्रिय राजनीतिमा लिड रोल नलिँदासम्म देश अगाडि बढन सक्दैन । देशले अस्थिरताको चक्रव्यूहबाट मुक्ति पाउन सक्दैन । विकास, समृद्धि र सामाजिक न्यायको अभियानले गति प्राप्त गर्न सक्दैन भन्ने कुरा विगतको अनुभवले पनि स्पष्ट गरेको छ । त्यसकारण यो उपलब्ध सिच्यूएशनमा हामीले सकेसम्म मुलुकलाई नेतृत्व प्रदान गर्ने हिसावले हामीले पहलकदमी लिन्छौं । तदनुकूल हाम्रो भूमिका रहन्छ । राष्ट्रलाई अगाडि बढाउने सन्दर्भमा नेकपा (एमाले) आफ्नो हैसियत अनुरुपको सशक्त र प्रभावकारी भूमिकामा उपस्थित हुनेछ । नेकपा एमालेले मात्रै देशलाई सही दिशामा अघि लैजान सक्छ भन्ने अनुभूति मुलुकले गर्ने गरीकन हामी संघीय संसदमा, प्रदेशसभाहरुमा प्रस्तुत हुनेछौ भन्ने म यहाँहरुलाई बताउन चाहन्छु । ’

उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ का आम मतदाताको सम्मान गर्दै उनीहरुको समृद्धिका लागि आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । त्यस अवसरमा उहाँले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सबै स्थानीय राजनीतिक पार्टीहरुको सुझाव लिएर अघि बढने बताउनु भयो ।