१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विश्वविद्यालयमा तालाबन्दी गरेर समस्या समाधान हुँदैन’



अ+ अ-

काठमाडौ ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले सो मातहतका क्याम्पसमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताउनुभएको छ । ज्ञान गोष्ठी संवाद शृङ्खला–६ द्वारा आज आयोजना गरेको ‘विश्वविद्यालयको सङ्कटमोचन’ विषयक कार्यक्रममा उहाँले राजनीतिक दलका हस्तक्षेपका कारण दिनानुदिन शिक्षामा असर पर्दै गइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विश्वविद्यालय प्रणालीलाई पुनःनिर्माण गर्नुपर्ने भएको छ । यसको स्वरूप ठूलो भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न केही क्याम्पस सार्नुपर्ने देखिन्छ ।” क्याम्पसमा तालाबन्दी वा कुनै अन्य सो क्रियाकलाप हुँदैमा पदाधिकारीले चुप लागेर बस्नु नहुने उहाँको भनाइ छ । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा त्रिरत्न मानन्धरले त्रिविलाई तालाबन्दी मुक्त गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “त्रिविले समय सान्दर्भिक शिक्षा प्रदान गर्न पाठ्यक्रम परिमार्जनलगायत सो बजारमुखी कार्यक्रम अघि सार्नुपर्नेछ ।” खुला विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा राजकुमार पोखरेलले राजनीतिक पार्टीको आडमा शिक्षामाथि आक्रमण गर्न नहुने विचार व्यक्त गर्नुभयो । 

त्रिवि अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्राडा खड्क केसीले दल वा सोका नेता तथा सङ्गठनमा लागेका व्यक्ति मात्रै माथि बढ्ने परम्परा हाबि हुँदै जाँदा योग्य व्यक्ति पछि पर्दै गइरहेका गुनासो गर्नुभयो । सो विश्वविद्यालयअन्तर्गतका आंशिक प्राध्यापक राजेन्द्र आचार्यले समान कामको समान ज्याला भन्ने नारालाई आत्मसात् गर्दै आफूहरू सो प्राप्तिमा अघि बढिरहेको बताउनुभयो । उक्त कार्यक्रममा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको उपस्थिति थियो । रासस