२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

हिम चितुवाको फेक फोटो र नेपाली फोटोग्राफरहरुको चर्चा

हिम चितुवाको फेक फोटो र नेपाली फोटोग्राफरहरुको चर्चा
अ अ+ अ-

काठमाडौं । अमेरिकी फोटोग्राफर कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको हिम चितुवाको फोटो विवादमा आएसँगै अहिले वन्यजन्तुसँग सम्बन्धित नेपाली फोटोग्राफरहरुको चर्चा बढेको छ ।

पावोलोब्स्कीले खिचेको हिम चितुवाको फोटो फेक पुष्टि भएपछि नेपाली फोटोग्राफरहरुको चर्चा बढेको हो । सगरमाथा र पुमोरी हिमालवरपर खिचिएको बताउने पावोलोब्स्कीका फोटोहरुले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा समेत चर्चा पाएको थियो ।

बेलायतबाट निस्किने द टाइम्सले समेत छापेको उक्त तस्बिर नेपालका लागि अमेरिकी दूतावासले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेको थियो । यद्यपि अहिले आएर पावोलोब्स्कीको उक्त फोटोहरु फेक भएको पुष्टि अमेरिकी दूतावासले समेत गरिसकेको छ ।

विदेशी मिडियाको पहुँच धेरै हुनेभएपछि विदेशी फोटोग्राफरहरुको चर्चा चुलिनु नौलो कुरा पनि होइन । तर नेपालमै पनि वन्यजन्तुसँग सम्बन्धित फोटोग्राफरहरु धेरै छन् जसले चर्चा पाएका छैनन् । विदेशी मिडियासँग राम्रो पहुँच नहुँदा नै उनीहरुले चर्चा पाउन सकेनन् ।

१६ वर्षअघि मनाङ क्षेत्रमा फोटोग्राफर टासी घलेले हिम चितुवाको फोटो खिचेका थिए । उनले यही मंसिरको दोस्रो सातातिर आफूले खिचेका हिमचितुवाको फोटोहरु प्रदर्शनी गर्ने बताइसकेका छन् । उनले नेपाली फोटोग्राफरहरुले खिचेको फोटोहरु नेपालमा मात्र सीमित भए । अहिले विदेशीको फोटो फेक भएको पुष्टि भएपछि नेपाली फोटोग्राफरहरुको चर्चा बढ्नु सकारात्मक कुरा भएको उनको बुझाइ छ ।

त्यस्तै अर्का फोटोग्राफर चुङ्मा शेर्पाले हिमचितुवाको फोटो खिच्न त्यति सजिलो नभएको बताएका छन् । उनका अनुसार सन् २०१९ अक्टोबर ३ को बेलुका ५ः२० को समयमा अन्नपुर्ण कन्जरभेसनको मनाङ क्षेत्रमा दोस्रो चोटिको प्रयासमा उनी हिमचितुवालाई क्यामेरामा कैद गर्न सफल मेरो केमरामा कैद गर्न सफल भए ।

“यसको लागि दोस्रो प्रयासमा १६ दिन को यात्रामा १२ दिन ४,६०० मीटर मा पालमा १२ रात बिताएको छु”, उनले भनेका छन्, “हिमचितुवाको लागि मैले सगरमाथा राष्ट्रिय निकुञ्जको गोक्यो पाँचौँ लेक (५००० मिटर) मा टेन्टमा रात बिताएको थिएँ तर सफल भएन, अब विन्टरपछि पुनः प्रयास गर्ने छु ।”

हालै अमेरिकी फोटोग्राफर पावोलोब्स्कीलेद्वारा खिचिएको हिमचितुवाले जति चर्चा पायो त्यो प्रंशसनीय छ भन्दै उनले भने, “तर बिडम्बना हाम्रो देशमा यस्ता विश्वस्तरका फोटोग्राफरहरू पनि छन् जसलाई हाम्रो देशका संचार माध्यमहरूमा कमै चर्चा गरिन्छ। मलाई प्रश्न गर्न मन लाग्यो यसअघि नेपाली फोटोग्राफरले खिचेका हिमचितुवाको तस्बिर र फोटोग्राफर बारे किन चर्चा गरिएन ?

फोटो- चुङ्बा शेर्पाको फेसबुक बाट