२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल एपमा पनि विश्वकप फुटबल लाइभ हेर्न सकिने व्यवस्था मिलाउने तयारीमा मिडिया हब



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलले यतिबेला चर्चा कमाइरहेको छ । नेपालमा पनि लाखौं दर्शकहरुले खेलको मजा लिइरहेका छन् ।

यसैबीच, मिडिया हबले मोबाइलमा समेत फिफा विश्वकप फुटबल हेर्न सकिने व्यवस्था मिलाउने भएको छ । विश्वकप फुटबल हेर्न सकिने ‘पाइरेटेड’ वेबसाइट तथा एपमाथि प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका लागि त्यसको प्रसारण अधिकार लिएको कम्पनीले यस्तो व्यवस्था मिलाउन लागेको हो ।

कम्पनीका सञ्चालक सोम धितालका अनुसार मोबाइल तथा कम्प्युटरमा समेत फुटबल विश्वकपको लाइभ हेर्न पाउनु पर्ने दर्शकको माग जायज रहेकाले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन लागिएको हो ।

यद्यपि, मोबाइल एपमा समेत विश्वकप फुटबल हेर्न निश्चित शुल्क तिर्नुपर्ने उनको भनाई छ । विश्वकप अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेल सम्पन्न भएर दोस्रो चरणका खेल सुरु भइसकेका छन् । नेटटिभीको ओटीटी एपमार्फत विश्वकप फुटबलको लाइभ हेर्न सकिने गरी काम गरिरहेको धिताल बताउँछन् ।