२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा वडाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतको निवास तोडफोड



अ+ अ-

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवास तोडफोड गरेका छन् ।

शनिबार राति प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरी आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।

मेयर खड्कबहादुर रावत र प्रशासकीय अधिकृत आचार्यबिच विवाद हुँदा संगैरहेका वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले हानि टेबुल फुटाएका हुन् ।

प्रहरीकाअनुसार राति अबेरसम्म उनीहरुले सुखड बजारमा रहेको माछा घर रेष्टुरेन्टमा मदिरा सेवन गरेका थिए र त्यहाँबाट निस्केर प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा गएका थिए ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार घटनाबारे आधिकारीक रुपमा जानकारी प्राप्त नभए पनि अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको बताए । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर विस्तृत विवरण बाहिर ल्याउने जानकारी दिए ।




भर्खरै