२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा वडाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतको निवास तोडफोड



अ+ अ-

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवास तोडफोड गरेका छन् ।

शनिबार राति प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरी आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।

मेयर खड्कबहादुर रावत र प्रशासकीय अधिकृत आचार्यबिच विवाद हुँदा संगैरहेका वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले हानि टेबुल फुटाएका हुन् ।

प्रहरीकाअनुसार राति अबेरसम्म उनीहरुले सुखड बजारमा रहेको माछा घर रेष्टुरेन्टमा मदिरा सेवन गरेका थिए र त्यहाँबाट निस्केर प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा गएका थिए ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार घटनाबारे आधिकारीक रुपमा जानकारी प्राप्त नभए पनि अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको बताए । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर विस्तृत विवरण बाहिर ल्याउने जानकारी दिए ।