३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

आईएसएसः रुसी मोड्यूलको इन्जिन अचानक चालु हुँदा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा असन्तुलन

आईएसएसः रुसी मोड्यूलको इन्जिन अचानक चालु हुँदा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा असन्तुलन
अ+ अ-

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सँग जोडिन भर्खरै पुगेको नयाँ रुसी खण्ड अर्थात् मोड्यूलको इन्जिन त्रुटिवश सक्रिय हुन पुग्दा उक्त अन्तरिक्ष केन्द्रको सन्तुलन प्रभावित भएको र त्यसको स्थान केही सर्न पुगेको अधिकारीहरूले बताएका छन्।

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार उक्त समस्या समाधान भएको छ र सबै प्रणालीले सामान्य रूपमा काम गरिरहेका छन्। आईएसएसमा रहेको अर्को खण्ड अर्थात् मोड्यूलमा रहेका थ्रस्टर भनिने यन्त्रहरूलाई क्रियाशील बनाएर समस्या समाधान गरिएको थियो।

अहिले यो समस्याका सम्बन्धमा अनुसन्धान भइरहेको छ। तर उक्त घटनाका कारण उक्त अन्तरिक्ष केन्द्रमा रहेका सात अन्तरिक्षयात्रीलाई कुनै खतरा नभएको अमेरिकी तथा रुसी अधिकारीहरूले बताएका छन्।

कसरी उत्पन्न भयो समस्या ?
आठ दिनको उडानपछि रुसको नाउका नामक उक्त अन्तरिक्ष स्टेशनको खण्ड (मोड्यूल) बिहीवार आईएसएससँग जोडिन पुगेको थियो। त्यसको केही घण्टापछि नै त्यहाँ समस्या देखा परेको हो।

उक्त मोड्यूलका थ्रस्टरहरू १२: ४५ ईटी (१६: ४५ जीएमटी) मा अकस्मात् र अनपेक्षित रूपमा सक्रिय हुन थालेको र आईएसएस उसको तत्कालीन अवस्थितिमा ४५ डिग्रीले घुम्न पुगेको जानकारी नासाले दिएको छ।

तर स्टेशनलाई पुनः नियन्त्रणमा र यथास्थानमा ल्याइएको उसले जनाएको छ। बाह्य साइटका सामग्रीका लागि बीबीसी उत्तरदायी छैन।

It takes thousands of people on the ground to ensure the safety of the @Space_Station and crew. The @NASA family’s ingenuity and dedication never cease to amaze me and, on days like this one, I’m more thankful than ever for their unparalleled expertise. https://t.co/5RtRG0VrIY

— Bill Nelson (@SenBillNelson) July 29, 2021

यसको प्रभाव कस्तो ?
उक्त घटना हुँदा आईएसएसमा रहेका अन्तरिक्षयात्रीहरूको समूहसँग केही मिनेटका लागि पृथ्वीमा रहेका अधिकारीहरूको सम्पर्क विच्छेद भएको थियो। यद्यपि अन्तरिक्ष केन्द्र एक सेकेन्डमा आधा डिग्री सर्दा पनि त्यहाँ बसिरहेका अन्तरिक्षयात्रीहरूले ूकुनै चाल महसुसू नगरेको बताइएको छ।

उक्त घटनाका कारण नासा र बोइङ कम्पनी जुलाई ३० देखि अगस्ट ३ सम्म गर्ने योजना बनाएको बोइङको चालकविहीन स्टारलाइनर अन्तरिक्षयानको परीक्षण उडानको मिति सार्न बाध्य भएका छन्।

तेह्र मिटर लामो र २० टन तौल भएको नाउका मोड्यूल आईएसएसको ओर्बिटिङ प्ल्याट्फर्मको पृष्ठ भागमा जोडिएको थियो जहाँ रुसका अन्य मुख्य खण्डहरू पनि छन्।

उक्त मोड्यूललाई सन् २००७ मा अन्तरिक्षमा पठाउने योजना भए पनि आर्थिक र प्राविधिक कारणले बारम्बार त्यस्तो तालिका प्रभावित भएको थियो। एक साताअघि काजाकस्तानबाट प्रक्षेपण गरिएपछि पनि नाउकाको उडानका निश्चित क्रियामा केही समस्या देखिएको थियो। मस्कोस्थित नियन्त्रकहरूले वैकल्पिक उपायमार्फत् त्यसलाई केही सच्याएका थिए। अन्ततः निश्चित मितिमै उक्त मोड्यूल आईएसएससम्म पुग्न सक्यो।

के गर्न प्रयोग हुन्छ रुसी मोड्यूल ?
उक्त नयाँ मोड्यूलका कारण आईएसएसमा बस्नयोग्य स्थानको आयतन ७० क्यूबिक मिटरले बढ्नेछ। अन्तरिक्षयात्रीहरूले उक्त स्थान वैज्ञानिक प्रयोग गर्न तथा सामान भण्डार गर्न उपयोग गर्नेछन्।

उनीहरूले त्यसलाई आराम गर्ने क्षेत्रका रूपमा पनि प्रयोग गर्नेछन्। उक्त मोड्यूलमा एउटा छुट्टै शौचालय पनि छ। त्यसबाहेक उक्त मोड्यूलमा युरोपेली अन्तरिक्ष निकाया (एसा) ले उपलब्ध गराएको ईआरए भनिने लामो रोबटिक 'हात' पनि छ।

एघार मिटर लामो उक्त उपकरणले आईएसएसको रुसी क्षेत्रमा सबैतिर काम गर्न सक्नेछ। 'कुहिनोको जोर्नी' को जस्तो आकृति पनि भएको खण्डको सहयोगमा उक्त साधन एक 'हात' बाट अर्को 'हात' भएतिर सर्ने सक्नेछ। रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा आफ्नो भावी भूमिकाबारे प्रश्न उठाइरहेका बेला त्यहाँ उक्त नाउका खण्ड जडान भएको छ।

मस्कोस्थित अधिकारीहरूले अन्तरिक्षको कक्षमा जडित आफ्ना उपकरणहरू २० वर्षभन्दा पुराना भएको भनेर सावधान गराउँदै सन् २०२५ मा आफू आईएएसमा रहेको संलग्नताबाट बाहिरिन सक्ने बताएका थिए।

अनि रुसले अमेरिकी नेतृत्वमा निर्माणाधीन गेटवे नामकरण गरिएको चन्द्रमाको कक्षमा आधारित हुने अन्तरिक्ष मञ्चमा सहभागी हुन खासै चासो देखाएको छैन। त्यस्तो प्ल्याट्फर्म अर्थात् मञ्च यो दशकको अन्त्यतिर तयार पारिनेछ। (बीबीसी)