२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक: छ प्रदेशमा एमाले, एक कांग्रेस अगाडि



file
अ+ अ-

काठमाडौं । प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ । प्रदेशसभा सदस्य समानुपातिकमा निर्वाचन आयोगले आज साँझ ८ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार प्रदेश नं १ मा (एमाले) ले तीन लाख ४६ हजार दुई सय ४४ मत प्राप्त गरेको छ ।

त्यसैगरी कांग्रेसले तीन लाख छ सय ४९ र नेकपा (माओवादी केन्द्र) ले एक लाख एक हजार तीन सय ७२ मत पाएको छ । यस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाल, नेकपा ९एकीकृत समाजवादी० र जनमत पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत पार्टीले एक लाख पु-याउन सकेका छैनन् ।

मधेस प्रदेशमा भने कांग्रेस समानुपातिकमा एक लाख ८० हजार आठ सय १६ मत पाएको छ भने ९एमाले० ले एक लाख ५४ हजार सात सय ९२ हजार मत प्राप्त गरी दोस्रो स्थान रहेको छ । जसपा नेपालले एक लाख २६ हजार तीन सय ८६ र जनमत पार्टीले एक लाख दुई हजार आठ सय ४४ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ७० हजार पाँच सय ६२ मत प्राप्त गरी पाँचौँ स्थानमा छ ।

बागमती प्रदेशमा एमालेले तीन लाख ८४ हजार चार सय ८३ मत ल्याएको छ । कांग्रेसले तीन लाख ३६ हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख एक हजार तीन सय ९३, माओवादी केन्द्रले एक लाख ८७ हजार एक र नेपाल मजदुर किसान पार्टीले ६१ हजार ५६६ मत पाएको छ ।

गण्डकी प्रदेशमा एमालेले तीन लाख ११ हजार तीन सय ८९, कांग्रेसले दुई लाख ८८ हजार तीन सय ७३, माओवादी केन्द्रले एक लाख १२ हजार दुई सय २१ र राप्रपाले ५४ हजार सात सय ३६ मत पाएको छ । लुम्बिनी प्रदेशमा एमालेले तीन लाख ९३ हजार नौ सय, कांग्रेसले तीन लाख ६२ हजार, ३२, माओवादी केन्द्रले एक लाख ३९ हजार चार सय ७४ र राप्रपाले ९७ हजार सात सय एक मत पाएको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा एमालेले एक लाख ४६ हजार आठ सय २०, कांग्रेसले एक लाख ३० हजार ६६, माओवादी केन्द्रले एक लाख १७ हजार ६२ र एकीकृत समाजवादीले २९ हजार ५१ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख १० हजार ५६, कांग्रेसले एक लाख ९७ हजार नौ सय १०, माओवादी केन्द्र ले ९२ हजार सात सय ९५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । रासस