१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अउबामेयाङको ह्याट्रिकमा बार्सिलोनाले भ्यालेन्सियालाई हरायो



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सानदार जित निकालेको छ । 

आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४-१ गोलले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन लण्डन क्लब आर्सनलबाट बार्सिलोना आएका पिएरे एम्रिक अउबामेयाङले ह्याट्रिक गरे भने फ्रेंकी डी योंगले १ गोल गरे । 

खेलको २३, ३८ र ६३ औं मिनेटमा गोल गर्दै अउबामेयाङले ह्याट्रिक गरेका हुन् । यस्तै डी योंगले ३२ औं मिनेटमा गोल गरे । उता, खेलको ५२ औं मिनेटमा भ्यालेन्सियाका कार्लोस सोलेरले गरेको गोल सान्त्वना गोल हुन पुग्यो । 

जितसँगै बार्सिलोना अंकतालिकाको चौंथो स्थानमा उक्लिएको छ । २४ खेल खेलेको उसको ४२ अंक छ । यस्तै पराजित भ्यालेन्सिया २५ खेलबाट ३० अंकसहित १२ औं स्थानमा छ । 

फेब्रुअरी २ मा आर्सनलबाट क्याटलान क्लब बार्सिलोना पुगेका ३२ वर्षीय अउबामेयाङको बार्सिलोनाका लागि यो पहिलो ह्याट्रिक तथा गोल समेत रहेको छ ।