२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रे–१ मा माओवादी केन्द्रका तामाङ निर्वाचित



अ+ अ-

काठमाडौँ । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित हुनुभएको हो ।

त्यसैगरी उहाँका प्रतिस्पर्धि नेकपा (एमाले) का उम्मेदवार रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ आठ हजार छ सय ९७ मत प्राप्त गरी तेस्रो हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार आठ सय ५३ मत प्राप्त गर्नुभएको छ ।

काभ्रे–१ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी १७ उम्मेदवार रहेका थिए ।