१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन सक्दैनः संस्कृतिविद् जोशी

लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन सक्दैनः संस्कृतिविद् जोशी
अ अ+ अ-

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताउनुभएको छ।शुक्रवार ललितपुरमा आयोजित आफ्नो जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण समारोहमा बोल्दै संस्कृतिविद् जोशीले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिहरुबीचमा एकता ल्याउने बताउनुभएको हो । उहाँले लोक संस्कृतिलाई हेला गरेर राज्य समावेशी बन्न नसक्ने बताउनुभयो ।

लोक संस्कृतिले सबैलाई आफु नेपाली भएको भावना जागृत गराउने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपालमा जाति, जनजातिहरुको, बिभिन्न धर्म, संस्कृतिहरुको समावेशीकरण गरेर एउटा राष्ट्रियकरण गरेर जब नेपाल बन्छ, त्यो बेला राष्ट्रिय एकता भानुभक्तको रामायणले जसरी एकता ल्यायो, भाषिक एकता ल्यायो त्यस्तै लोक संस्कृतिले पनि एकता ल्याउँछ । लोक संस्कृतिलाई हेला गरेर, त्यसलाई बिचारै नगरीकन, अघि बढ्यो भने जस्तोसुकै उन्नति भएपनि समावेशीकरण हुन सक्दैन । आपसमा झगडा भइरहन्छ । जस्तो अहिले कति झगडा भइराखेको राजनीतिक अवस्था त यहाँहरु सबैलाई थाहा छदैछ ।

यदी समावेशी भएको भए एकले अर्कोलाई नेपाली हो, चाहे नेवार होस्, चाहे थारु होस्, चाहे धिमाल होस्, चाहे राई, लिम्बु जे होस्, हामी सबै नेपाली हौँ भन्ने भावना जागृत गर्ने त त्यो लोकसंस्कृतिले गर्ने हो नि त ।’

पत्रकार गिरीश गिरीले लेख्नुभएको जोशीको जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को शुक्रवार एक कार्यक्रमका बिच ललितपुरमा लोकार्पण गरेको हो । सो पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तक लोकार्पणपछि बोल्दै संस्कृतिविद् जोशीले आफुले आफुलाई नै चिन्न नसकेको भन्दै पुस्तकले सत्यमोहन जोशीलाई चिनाउन मद्दत गर्ने बताउनुभयो । सो पुस्तकले नेपाली भाषा साहित्यको विकासमा सघाउ पु¥याउने पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘म सोच्थेँ म भित्रको आफु त्यसलाई कसरी चिन्ने ? कसरी थाहा पाउने ? मैले आफुले आफैलाई अझसम्म चिन्न सकेको छैन । चिन्न खोज्दैछु । भनेजस्तो किसिमको एउटा दार्शनिक, आध्यात्मिक त्यो मनमा आइरहन्थ्यो । त्यत्तिकैमा मित्र गिरीश गिरीज्यूको संगतले दुई चार कुरा गर्दागर्दै उहाँ टिप्नु हुन्थ्यो अनि उहाँ स्वयम् म सत्यमोहन जोशी भएपनि सत्यमोहन जोशी चाहीँ उहाँ हुनुभो । उहाँले सत्यमोहन जोशीकै रुपबाट यो किताब तयार गर्नुभो । सत् प्रतिशत उहाँले सत्यमोहन जोशी भएर लेख्नुभएको किताब हो । कहिँकतै नमिलेको पनि होला त्यसको निम्ति क्षमा माग्छु । किनभने एकजना अर्को मान्छे भएर त्यसलाई हुबहु लेख्नुभनेको नेपाली भाषा साहित्यको विकासमा मलाई लाग्छ एउटा नौलो धारको पृथक आफ्नो धारको रचना, कृति, नेपाली भाषा, साहित्यको विकास क्रममा देखा परेको जस्तो लागेको छ । यसलाई अनुमोदन गर्ने, यसलाई विश्लेषण गर्ने, टिकाटिप्पणी गर्नु, विवेचना गर्नु पाठकहरुको हातमा छ ।’

पुस्तकका लेखक गिरीश गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रका लागि गर्नुभएको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पु¥याउने उद्देश्यसहित पुस्तक लेखिएको बताउनुभयो । जोशीलाई काठमाडौं भित्रका कला, संस्कृतिसँग मात्रै जोडेर साँघुरो रुपमा बुझ्नु नहुने भन्दै उहाँले जोशीले सिंगो राष्ट्रको कला, संस्कृतिको विकासका लागि योगदान दिनुभएको उल्लेख गर्नुभयो ।

पुस्तकमा सत्यमोहन जोशीको जिवनीका साथसाथै उहाँले राष्ट्रको कला र संस्कृतिको विकासमा खेल्नुभएको भुमिकाको समेत चर्चा गरिएको गिरीले बताउनुभयो ।