१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापालाई झट्का, थापाको पकड रहेको प्रवासको समर्थन लिङ्देनलाई



अ+ अ-

काठमाडौं । प्रवासी नेपाली एकता समाजले राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहदै मूल प्रवाहमै रहने निर्णय गरेको छ ।  समाजका अध्यक्ष प्रेम कुमार श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा विज्ञप्तिमा पार्टीभित्र सामान्य असहमति देखिनासाथ टुटफुट, विभाजनमा गइहाल्ने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्ने भन्दै आफूहरु पार्टीको मूलधारमा रहने प्रतिवद्धता जनाईएको छ ।

समाजले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायतका राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहेको पनि जनाएको छ । बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उचाइ हासिल गर्दै गएको, पार्टीको एजेन्डा लोकप्रिय बन्दै गएको र राप्रपाप्रति आम जनताको आकर्षण बढिरहेको समयमा अलमल र द्विविधामा नपर्न प्रवास आइसिसी स्वदेश तथा विदेशमा रहेका पार्टीका सबै तहका साथीहरूलाई अनुरोधसमेत गरेको छ।




भर्खरै