३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपालले आज (सोमबार) क्यानडाविरुद्ध खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल दिउँसो ३ः४५ बजे ओमानको अल अमेरात क्रिकेट मैदानमा सुरु हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

उत्कृष्ट लयमा रहेको नेपालले यसअघि ओमानलाई ३९ तथा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । जसकारण नेपाल क्यानडाविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रनेछ । २ खेलमा ४ अंकसहित नेपाल शीर्ष स्थानमा रहेको छ भने समान खेलमा २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ । क्यानाडामाथि जित निकालेको खण्डमा नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ ।

यद्यपि, नेपालले क्यानाडासँग हार ब्यहोरेमा र ओमानले फिलिपिन्समाथि जित निकाले नेट रनरेटको नतिजा कुनुपर्ने हुन्छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यस्तै, फाइनल प्रवेश गर्ने दुई टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।