२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमको विजयी सुरुवात



अ+ अ-

काठमाडौँ कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा कर्णालीले दिएको १ सय २८ रनको लक्ष्य सुदूरपश्चिमले २६.२ ओभरमा ५ विकेट गुमाउँदै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । सुदूरपश्चिमको जितमा प्लेयर अफ दि म्याच घोषित भएका मिलन बोहोराले ४७ बलमा ४२ तथा दीपक बोहोराले १६ बल तथा दीपक बोहोराले २४ बलमा समान २०/२० रन बनाउन बाहेक सुनिल चन्दले अविजित ११ रन जोड्दा विशाल ऐरले ९ रनको योगदान गरे । बलिङतर्फ कर्णालीका लागि अनुज चुनाराले ३ तथा सन्दीप शाही र मोहन विकले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३२।३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २७ रन जोडेको थियो । खराब शुरुवात गरेको कर्णालीका लागि दिनेश अधिकारीले ३२ बलमा सर्वाधिक ३५ रनको पारी खेल्दा सुवास ऐरले ३० तथा कप्तान विपिन रावलले १९ रनको व्यक्तिगत स्कोर बनाए ।

आवाश शाहले १५ रन जोड्ने क्रमममा पवेलियन फर्किंदा अन्य ६ खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कसिलो बलिङ गरेको सुदूरपश्चिमका लागि मिलन बोहोराले ३ तथा नरेन साउद २ विकेट लिएका थिए । हेमन्त धामी र कैलाश ऐरले समान १/१ विकेट लिएका थिए ।

यससँगै सुदूरपश्चिम प्रदेशले जितबाट प्रतियोगिताको विजयी शुरुवात गर्दा कर्णालीले पनि हारबाट प्रतियोगिताको आरम्भ गरेको छ ।
यस्तै बिहीवार नै भएको अर्को खेलमा प्रदेश नम्बर १ ले गण्डकी प्रदेशमाथि २१ रनको रोमाञ्चक जित निकालेको छ । प्रदेश नम्बर १ ले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६२ रन बनाउन सक्यो ।

गण्डकीका कर्ण पंगेनीले सर्वाधिक ४८ रन जोड्दा दिपक डुम्रेले २५ तथा ओपनर अर्जुन कुमालले २२ रनको पारी खेलेका थिए । यस्तै अन्य ब्याट्सम्यानको राम्रो प्रदर्शन हुन सकेन । गण्डकीलाई सस्तैमा समेट्ने क्रममा प्रदेश नम्बर १ का दिपेश कंडेल र अश्विन महतोले सर्वाधिक समान ३÷३ विकेट निकाल्दा विपिन महतो र सोनु अनसारीले समान २/२ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि मुलापानी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश नम्बर १ ले निर्धारित ५० ओभर सकिन दुई बल बाँकी रहँदा सबै विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो । ओपनर सोनु अनसारीले अर्धसतकीय पारी खेले । ९४ बल खेल्दा ६ चौका र १ छक्का प्रहार गरेको सोनुले ६४ रनको व्यक्तिगत स्कोर बनाएका थिए ।

कप्तान दिपेश कंडेलले ३६ रन जोड्दा फैजल रहमानले २६ रनको पारी खेले । यस बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । बलिङ तर्फ गण्डकीका शिशिर भुषाल एक्लैले सर्वाधिक ४ विकेट निकाल्दा नितेश गिरिले ३, सुवास भण्डारीले दुई तथा सुदीप अर्यालले १ विकेट रह्यो ।

प्रतियोगितामा शुक्रवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा वागमती प्रदेश र प्रदेश नम्बर १ तथा मुलपानी मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । मंसिर १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छ ।

यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।

 




भर्खरै