२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातन्त्रमा नयाँ पार्टी जन्मिनु मामुली कुरा हो: अध्यक्ष ओली



अ+ अ-

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचनको परिणामले सरकार बनाउन गाह्रो हुने बताएका छन् ।

उनले आज झापामा सञ्चारकर्मीहरुसँग भने– पहिलो कुरा त अब सरकार गठन गर्न नै गाह्रो छ यदि सरकार बनाइयो भने पनि त्यो सरकार टिकाउन झन् गाह्रो छ ।

उनले अबको एक दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने भएकोले मुलुक अब अस्थिरताको जंजिरमा फसेको बताए ।

पूर्वप्रधानमन्त्री ओलीले यो निर्वाचनको परिणामले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खतरा बढाएको पनि बताए । अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले नेकपा (एमाले) ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यस अनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलिजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुगर्ने अवस्था सिर्जना भएको बताए ।

उनले नयाँ स्वतन्त्र पार्टीको उदय मामुली कुरा भएको पनि टिप्पणी गरे । उनले भने– ए त्यो कुनै नयाँ पार्टी जन्मिनु मामुली कुरा हो, प्रजातन्त्रमा पार्टीहरु जन्मिरहन्छन्, यीनको टिकाउ ठूलो कुरा हो । नयाँ पार्टी जन्माउन नेपालका मिडियाको बढी नै कृपा रहेको आफूले देखेको पनि उनले बताए ।