६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखमा कांग्रेसका शाही विजयी



अ+ अ-

दैलेख । दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिक्पाल शाही विजयी हुनुभएको छ । शाही २० हजार एक सय ५८ मतले विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लक्ष्मीप्रसाद पोख्रेलले २० हजार पाँच झिनो मत प्राप्त गरी पराजित हुनुभयो । प्रतिनिधिसभामा निर्वाचित कांग्रेसका दिक्पाल शाही पहिलो पटक निर्वाचनमा उत्रिनुभएको थियो ।

शाहीले नेपाली कांग्रेस पार्टीको विभिन्न पदमा र सामाजिक सङ्घ, संस्थामा रहेर काम गर्दै आउनुभएको छ । यो प्रतिनिधिसभामा ४७ हजार एक सय ९४ मत खसेको थियो । कूल मतमध्ये २७ सय ४७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।रासस