२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा–३ बाट एमालेका गुप्ता विजयी



अ+ अ-

पर्सा । नेकपा (एमाले)का नेता राजकुमार गुप्ता दोस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ । विसं २०७० को दोस्रो संविधानसभाको सदस्य बन्नुभएका उहाँ यसपटक सङ्घीय संसद्, प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुनुभएको छ ।

पर्सा जिल्लाको तत्कालीन भौराटार ६ मा विसं २०२७ मा जन्मिनुभएका गुप्ताले २४ हजार दुई सय ६० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २४ हजार एक सय नौ मत ल्याउनुभएको छ । उहाँहरु बीचमा एक सय ५१ मतान्तर रहेको छ ।

बुवा हिरालाल प्रसाद र आमा शान्ति देवीको कोखबाट जन्मिनुभएका गुप्ताले २०४२ देखि अखिलबाट राजनीति सुरू गर्नुभएको हो । उहाँ २०५१ सालमा युवा सङ्घमा आबद्ध हुँदै, एमालेको जिल्ला सदस्य, २०६६ सालमा पर्सा क्षेत्र नं. ३ को अध्यक्ष बन्नुभएको थियो ।

राजनीतिसँगै व्यापारलाई अघि बढाउनुभएका गुप्ता लोकतान्त्रिक मधेसी सङ्गठनको केन्द्रीय महासचिव हुँदै चितवनको सौराहामा सम्पन्न एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो । उहाँ २०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपनि हुँदा २०७४ मा पराजित हुनुभएको थियो । ०७४ को निर्वाचनमा यो क्षेत्रमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका थिए । रासस