२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णकुमार श्रेष्ठ (किसान): दोस्रो पटक प्रतिनिधिसभामा



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) सङ्घीय संसद्, प्रतिनिधिसभामा दोस्रो पटक सदस्य बन्नुभएको छ ।

उहाँ बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । व्यास नगरपालिका–४ तनहुँमा विसं २०२४ मा जन्मिनुभएका श्रेष्ठले सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिई २९ हजार पाँच सय मतसहित जित हासिल गर्नुभएको छ ।

श्रेष्ठले एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका एकवाल मियाँलाई करिब १० हजार मतान्तरले पराजित गर्नुभएको हो । एकवालले भने १९ हजार चार सय ३९ मत प्राप्त गर्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका एकवाल टिकट नपाएपछि मनोनयन दर्ताको केही दिनअघि मात्र नेकपा (एमाले) मा एमाले प्रवेश गर्नुभएको थियो । बाबु केबलबहादुर श्रेष्ठ र आमा लेसकुमारी श्रेष्ठको कोखबाट जन्मिनुभएका श्रेष्ठले २०७४ सालको सङ्घीय संसद्को निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

विसं २०३८ मा अनेरास्ववियुको विद्यार्थी जिल्ला कमिटीमा आबद्ध भई विद्यार्थी राजनीति सुरुआत गर्नुभएका श्रेष्ठ राजनीतिमा आबद्ध हुुनुभन्दा पहिला व्यापार व्यवसायमा हुनुहुन्थ्यो । विसं २०५२ मा नेकपा (एमाले)को सदस्य रहनुभएका श्रेष्ठ एमाले तनहुँको सल्लाहकार हुँदै तनहुँ जिल्ला कमिटीमा आबद्ध हुनुहुन्थ्यो ।

व्यापारिक पृष्ठभूमिबाट सक्रिय राजनीतिमा लाग्नुभएका श्रेष्ठको राजनीतिक आबद्धता भने तीन दशकभन्दा बढी छ । भौतिक पूर्वाधारका क्षेत्रमा संलग्न उहाँ रेडक्रसलगायतका सामाजिक सङ्घसंस्थामा समेत आबद्ध हुनुहुन्छ ।