९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

पूर्वप्रधानमन्त्रीहरुको नतिजा, कोही दोब्बर मतले विजयी त कोहीलाई अग्रतामा आउन हम्मेहम्मे

पूर्वप्रधानमन्त्रीहरुको नतिजा, कोही दोब्बर मतले विजयी त कोहीलाई अग्रतामा आउन हम्मेहम्मे
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा बाहालवाला प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । केही स्थानको मतपरिणाम भने सार्वजनिक भइसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओली विजयी भइसक्नुभएको छ । पूर्वप्रधानमन्त्रीद्वय दाहाल र नेपाल जारी मतगणनामा अगाडि हुनुहन्छ भने पूर्वप्रधानमन्त्री खनाल मतगणनामा पछि पर्नुभएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा निर्वाचन क्षेत्र नं १ बाट २५ हजार पाँच सय ३४ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभयो ।

यस्तै झापा निर्वाचन क्षेत्र नं ५ बाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली फराकिलो मतान्तरसहित विजयी बन्नुभएको छ । उहाँले ५२ हजार तीन सय १९ मत प्राप्त गर्नुभयो । उहाँको निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ मत प्राप्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँले हालसम्म २१ हजार ७५ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले आठ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा मतगणना जारी छ ।

रौतहट क्षेत्र नं १ मा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अग्रता कायम गरिराख्नुभएको छ । उहाँले २३ हजार एक सय ४९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अजयकुमार गुप्ताले १८ हजार दुई सय नौ मत प्राप्त गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनाल भने जारी मतगणनामा पछि पर्नुभएको छ । इलाम क्षेत्र नं १ मा एमालेका महेश बस्नेतले १० हजार दुई सय ७८ मत पाउँदा पूर्वप्रधानमन्त्री खनालले आठ हजार सात सय ८० मत मात्र पाउनुभएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्द यसपटकको निर्वाचनमा उम्मेदवार बन्नुभएन ।