• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   प्रेस तटस्थ, स्वतन्त्र र सबल हुदा लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुन्छ: राष्ट्रपति पौडेल ★   महिलाको लगानीमा सरफ उद्योग सञ्चालन ★   आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा ★   सभामुखले बोलाए प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताको बैठक ★   आईपीएलमा आज: हैदरावाद र मुम्बई खेल्दै ★   एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ: मन्त्री भण्डारी ★   संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्: मन्त्री शर्मा ★   माधव नेपालले बोलाए संसदीय दलको बैठक ★   तोलामा रु दुई सयले बढ्यो सुनको मूल्य ★   तरकारी खेतीबाट मनग्य आम्दानी

लमजुङमा एमालेको अग्रता बढ्दै



लमजुङ । पहाडी जिल्ला लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अग्रता बढ्दै गएको छ ।

यसअघि ३०८ मतले मात्र अघि रहेकोमा पछिल्लो सार्वजनिक मत परिणामअनुसार एक हजार पाँच सय २० मतले उहाँ अघि रहनुभएको जिल्ला निर्वाचन कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

कार्यालयका अनुसार आज साँझ साढे सात बजेसम्ममा ६१ हजार एक सय छ मत गणना गर्दा पृथ्वीसुब्बाले २६ हजार दुई सय २८ मत र नेकपा ९माओवादी केन्द्र० का महासचिव देवप्रसाद गुरुङले २४ हजार सात सय आठ मत प्राप्त गर्नुभएको छ । कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार चार सय ८४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । आइतबार दिउँसो पौने तीन बजेदेखि सुरु गरिएको मतगणनामा हालसम्म पृथ्वीसुब्बालाई देवप्रसादले भेटाउन सक्नुभएको छैन ।

जिल्लामा आठ पालिकामध्ये छ पालिकामा मग गणना सम्पन्न भइसकेको छ । यतिबेला मस्र्याङ्दी गाउँपालिका र बेँसीसहर नगरपालिकाको मत गणना भइरहेको छ । रासस