२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोविताको संसदीय यात्रा



अ+ अ-

काठमाडौं । पत्रकारिता र कानूनको पृष्ठभूमि भएकी सोविता गौतम काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारका रूपमा सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ ।

लामो राजनीतिक पृष्ठभूमि भएका आफ्ना ठूला कदका प्रतिस्पर्धीलाई पछि पारेर स्थायी घर दोखलाको जफे भई हाल भक्तपुर बस्ने २७ वर्षीया गौतम यस पटकको निर्वाचनबाट संसदीय यात्रामा प्रवेश गर्नु लाग्नुभएको हो ।

केही समयअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट राजधानी काठमाडौँकै निर्वाचन क्षेत्रबाट पहिलो प्रयासमा नै उहाँ प्रतिनिधिसभा सदस्य बन्नुभएको छ । गौतमले यो निर्वाचनमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ओनसरी घर्तीमगरलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको छ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गौतमले नागरिकको आधारभूत आवश्यकता पूरा गर्दै भ्रष्टाचार न्यूनीकरण गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । विजयपछि मतदातालाई धन्यवाद दिँदै उहाँले निर्वाचनका दौरानमा उठाएका जनताको मुद्दालाई सदनमा निरन्तर झकझक्याइरहने विश्वास व्यक्त गर्नुभयो ।रासस