७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष केपी ओली दोब्बर बढी मतान्तरले विजयी



अ+ अ-

दमकः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्नु भएको थियो ।

संसदीय निर्वाचनमा ओलीको यो छैटौं जित हो । ओलीलाई यस क्षेत्रमा राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको थियो ।

अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्नु भएको थियो । काँग्रेस प्रत्यासी अधिकारीले २३ हजार ७४३ मत मात्र पाउनु भएको थियो ।

एक लाख ५४ हजार २८९ मतदाता रहेको यो क्षेत्रमा १ लाख २ हजार १५० मत खसेको थियो ।

ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आउनु भएको छ । उहाँले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं ६ बाट निर्वाचित हुनु भएको थियो । ओली २०५६ मै झापा क्षेत्र नं. २ बाट समेत निर्वाचित हुनु भएको थियो ।

तर अध्यक्ष ओली २०६४ को संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट पराजित हुनु भएको थियो । उक्त निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देन निर्वाचित हुनु भएको थियो । उहाँ झापा ५ बाट २०७४ मा सर्वाधिक मतका साथ विजयी हुनु भएको थियो ।