६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष केपी ओली दोब्बर बढी मतान्तरले विजयी



अ+ अ-

दमकः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्नु भएको थियो ।

संसदीय निर्वाचनमा ओलीको यो छैटौं जित हो । ओलीलाई यस क्षेत्रमा राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको थियो ।

अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्नु भएको थियो । काँग्रेस प्रत्यासी अधिकारीले २३ हजार ७४३ मत मात्र पाउनु भएको थियो ।

एक लाख ५४ हजार २८९ मतदाता रहेको यो क्षेत्रमा १ लाख २ हजार १५० मत खसेको थियो ।

ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आउनु भएको छ । उहाँले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं ६ बाट निर्वाचित हुनु भएको थियो । ओली २०५६ मै झापा क्षेत्र नं. २ बाट समेत निर्वाचित हुनु भएको थियो ।

तर अध्यक्ष ओली २०६४ को संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट पराजित हुनु भएको थियो । उक्त निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देन निर्वाचित हुनु भएको थियो । उहाँ झापा ५ बाट २०७४ मा सर्वाधिक मतका साथ विजयी हुनु भएको थियो ।