२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपछिको नारायणकाजीको टिप्पणी: बुद्ध शिक्षालाई मनन गरौँ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन प्राप्त भइरहेका निर्वाचन परिणामले निश्चित सन्देशहरु दिएको बताउनुभएको छ ।

अघिल्लो निर्वाचन अर्थात २०७४ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले अहिलेको ताजा रुझान हेर्दा १७ सिट जित्ने अपेक्षा गरिएको छ । समानुपातिकतर्फ पनि उसको धेरै मत आउने अवस्था देखिएको छैन ।

यसले माओवादी केन्द्रको जनाधार ह्वात्तै घटेको देखिएको छ । हालै आइरहेका निर्वाचनका परिणामलाई लिएर उपाध्यक्ष श्रेष्ठले पार्टीले यसबारेमा समग्र विश्लेषण र संश्लेषण गर्नुपर्ने बताउनुभएको छ ।

माओवादीको अवस्था कसरी यस्तो भयो भन्नेबारेमा धेरै घोत्लिनुपर्ने स्थिति नरहेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार निष्कर्ष सहज बोधगम्य ९बुझ्न सकिने० नै छ ।

उहाँले अब पार्टीले बुद्ध शिक्षाका महत्वपूर्ण शिक्षाको एक अंशलाई उद्धृत गर्दै भन्नुभएको छ, “यसलाई मनन गरौँ, सबै आँधिबेरीहरु तपाईंको जीवन ध्वंश गर्न मात्र आउँदैनन्, कुनै तपाईंको बाटो सफा गर्न पनि आउँछन् ।”

निर्बाचन परिणाम आइरहेका छन् । यसले निश्चित सन्देशहरु दिएको छ । यसबारेमा समग्र बिश्लेषण ,संश्लेषण गर्नै पर्छ । त्यसको लागि धेरै घोत्लिनु पर्ने स्थिति पनि छैन । निष्कर्ष सहज बोधगम्य नै छ । तर अहिले यति मात्र : बुध्द शिक्षाको महत्वपुर्ण निम्न अंश लाई मनन गरौं । ” सबै आँधिबेरीहरु तपाइको जीवन ध्वंश गर्न मात्र आउदैनन् , कुनै तपाइको बाटो सफा गर्न पनि आउछन् ।”




भर्खरै