७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ खनालको क्षेत्र इलाम–१ मा मतगणना सुरु हुन सकेन



file
अ+ अ-

इलाम । इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो ।

राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ । अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ । सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ ।

हिजो राति ८ बजेपछिबाट परिणामसमेत सार्वजनिक भएको छैन । सो मत परिणाममा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल पछि पर्नुरेका छन् । उनलाई एमालेका उम्मेदवार महेश बस्नेतले पछि पारेका हुन् । बस्नेतले दश हजार दुई सय ८७ मत प्राप्त गरेका छन् भने खनालले आठ हजार सात ८० मत प्राप्त पाएका छन् ।