७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–४ (२) मा काङ्ग्रेसका खाँ निर्वाचित



अ+ अ-

रुपन्देही । रुपन्देही–४ (२) मा नेपाली काङ्ग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । एघार हजार तीन सय पाँच मतका साथ खाँ प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएका हुन् ।

चालिस हजार नौ सय ६३ मतमध्ये खाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले आठ हजार दुई सय ६५ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले सात हजार छ सय ६१ मत पाएको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिए ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यको मतगणना जारी रहेको छ । प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ल अगाडि छन् ।