१८ भाद्र २०८३, बिहीबार
,
Latest
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा–२(२) मा नेपाली कांग्रेसका पाण्डे विजयी



अ+ अ-

गोरखा । गोरखा–२(२) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार आठ सय ८२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वसन्त गुरुङले पाँच हजार तीन सय ६० मत प्राप्त गरेका छन् । पाण्डे ११ हजार पाँच सय २२ मतको फराकिलो अन्तरले विजयी हुन सफल भएका हुन् ।

विजयको औपचारिक घोषणा हुन भने बाँकी रहेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए । सो क्षेत्रमा कुल २७ हजार चार सय ३० मत खसेको थियो ।