९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

सुर्खेत–२ मा कांग्रेसका थानी विजयी, १ मा कांग्रेस उपसभापति खड्काको सुरुआती अग्रता

सुर्खेत–२ मा कांग्रेसका थानी विजयी, १ मा कांग्रेस उपसभापति खड्काको सुरुआती अग्रता
अ अ+ अ-

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । उहाँ ३४ हजार छ सय २५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको छ । थानीले एमालेका जिल्ला अध्यक्षसमेत रहनुभएका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पराजित गर्नुभएको छ ।

थानीले योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्नुभएको छ । विसं २०७४ मा एमालेका नवराज रावतसँग उहाँ पराजित हुनुभएको थियो । रावतले ३७ हजार चार सय ४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार छ सय ४६ मत प्राप्त गर्नुभएको थियो । थानी यसअघि विसं २०५६ र २०७० मा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो भने सहकारी तथा गरिबी निवारणमन्त्री भइसक्नुभएको छ ।

सुर्खेत १ मा कांग्रेस उपसभापति खड्काको सुरुआती अग्रता

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा सुरुआती अग्रता लिनुभएको छ । सुर्खेत–१ मा मङ्गलबार राति १२ बजेबाट मतगणना सुरु भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन हजार दुई सय ३८ मतगणना हुँदा खड्काले एक हजार सात सय ७२ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा (एमाले)का ध्रुवकुमार शाहीले एक हजार तीन सय ५५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राप्रपाका छत्रपति थापाले ६६ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले १७ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभातर्फ पनि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिनुभएको छ । प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका उम्मेदवार खड्क पोखरेलले दुई हजार दुई मत प्राप्त गर्नुभएको छ भने एमालेका ठम्मर विष्टले एक हजार तीन सय २६ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (२)बाट लोकतान्त्रिक–वाम गठबन्धनका कृष्ण जिसी ‘जितेन्द्र’ अगाडि हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जिसीले एक हजार एक सय ७८ मत प्राप्त गर्नुभएको छ भने एमालेका डण्डीप्रसाद शर्माले नौ सय २९ मत प्राप्त गर्नुभएको छ ।