• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

भोजपुरमा गठबन्धन अगाडि



भोजपुर । भोजपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मतपरिणामअनुसार भोजपुरको प्रतिनिधिसभा तथा प्रदेशसभा दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवारले बढी मत पाएका छन् ।

कुल खसेको ६२ हजार एक सय ६२ मतमा प्रतिनिधिसभातर्फ ११ हजार एक सय दुई मत गन्दा गठवन्धन दलका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का सुदन किराँतीले पाँच हजार चार सय पाँच मत पाउनुभएको छ । त्यस्तै नेकपा (एमाले)का उम्मेदवार शेरधन राईले चार हजार एक सय ८५ मत प्राप्त गर्नुभएको सार्वजनिक गरिएको गणना विवरणमा उल्लेख गरिएको छ । दुवै उम्मेदवारबीचको मतान्तर एक हजार दुई सय २१ देखिएको छ भने अझै ५१ हजार ७९ मत गन्न बाँकी छ ।

यता प्रदेशसभा (१) तर्फ पनि गठबन्धन दलका उम्मेदवार प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई अगाडि हुुनुहुन्छ । एघार हजार आठ सय ५३ मत गनिरहँदा उहाँले छ हजार एक सय ९७ मत प्राप्त गर्नुभएको छ भने एमालेका हरिबहादुर राईले चार हजार दुई सय ३९ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उम्मेदवारबीचको मतान्तर एक हजार नौ सय ५८ देखिएको छ ।

यस्तै प्रदेशसभा ९२० तर्फ पनि गठबन्धनका उम्मेदवार कांग्रेसका विनोद बान्तवाले दुई हजार नौ सय ४६ मत प्राप्त गर्दा एमालेका खडगबहादुर कार्कीले दुई हजार सात सय १८ मत पाउनुभयो । दुई सय २८ मत दुई उम्मेदवारबीचको अन्तर हो ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा ५० प्रतिशत मतदान भएको थियो भने यहाँ दुवैतर्फ गरेर २५ जना दल र स्वतन्त्रको उम्मेदवारी परेको थियो । प्रतिनिधिसभातर्फ १२, प्रदेश (१) मा सात र प्रदेश (२) मा छ गरी २५ जनाको उम्मेदवारी छ । भोजपुरमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचनका लागि ६४ हजार एक सय २५ पुरुष, ५९ हजार दुई सय ५३ महिला र एक अन्य गरी कुल एक लाख २३ हजार तीन सय ७९ जना मतदाता थिए ।