• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन

बैतडी सङ्घमा एमाले अगाडि



बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ ।

जम्मा १८ हजार तीनसय ४८ मत गणना हुँदा भण्डारीले आठ हजार चारसय ७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो । उहाँलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले सात हजार आठ सय ९५ मतका साथ पच्छ्याइरहनुभएको छ ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर (१) मा २२ हजार दुई सय ९४ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले सात हजार पाँच सय छ मत प्राप्त गर्नुभएको छ । उहाँको पछिपछि रहदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले पाँचहजार नौ सय ४१ मत पाउनुभएको छ । यसैगरी तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका वीर बहादुर बिष्टले पाँच हजार एकसय ९६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेश सभा क्षेत्रनम्बर २ मा भने कांग्रेस अगाडि छ । जम्मा २२ हजार तीन सय ९३ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले १० हजार नौसय ७० मत ल्याउदा नेकपा एमालेका लिलाधर भट्टले नौहजार चार सय ३३ मत प्राप्त गर्नुभयो ।

प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र रहेको बैतडीमा आइतबार सम्पन्न निर्वाचनमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार चार सय १६ मत मात्रै खसेको थियो ।