९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

भक्तपुर क्षेत्र नं १ मा एमाले, २ मा कांग्रेसको अग्रता कायमै

भक्तपुर क्षेत्र नं १ मा एमाले, २ मा कांग्रेसको अग्रता कायमै
अ अ+ अ-

भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा आज साँझ ७ः३० बजेसम्मको मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई छ सय ५६ मतले पछाडि पार्दै अग्रता कायम राख्नुभएको छ ।

भक्तपुर जिल्लामा दुई निर्वाचन क्षेत्रमध्ये सबैको चासो रहेको भक्तपुर क्षेत्र नं २ मा आज साँझ ७ः३० बजेसम्ममा ४३ हजार एक सय ३० मतगणना गर्दा कांग्रेसका उम्मेदवार थापाले १६ हजार तीन सय ८० मतले अग्रता कायम राख्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बस्नेतले १५ हजार सात सय ३५ मतले पछ्याइरहनुभएको छ ।

नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले तीन हजार नौ सय चार, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले दुई हजार सात सय ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले एक हजार छ सय २५ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिनुभयो ।

क्षेत्र नं १ को मतपरिणाम

त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा एमालेका उम्मेदवार नवराज गेलालले सात हजार ६०२ मतले अग्रता लिनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले पाँच हजार आठ सय ५९ मतले पछ्याइरहनुभएको छ ।

क्षेत्र नं १ मा २३ हजार दुई सय ३३ मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले पाँच हजार दुई सय २७ मत प्राप्त गर्नुभएको छ भने नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार सुनिल गोठे वासुले दुई हजार छ सय ७१ मत ल्याएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

प्रदेशसभातर्फ

त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं २ ९१० मा आज मतगणना हुँदा एमालेका उम्मेदवार किरण थापामगरले छ हजार नौ सय ६६ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । उहाँका नकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले पाँच हजार सात सय ५६ मतले पछ्याइरहनुभएको छ ।

त्यस्तै राप्रपाका विक्रम थापाले दुई हजार ६४ र नेमकिपाका सरोजराज गोसाईंले एक हजार एक सय ६१ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी रहेको छ ।

प्रदेशसभातर्फ क्षेत्र नं २ ९२० मा नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य दुई हजार नौ सय २० मतले अग्रता लिनुभएको छ भने नेकपा ९एकीकृत समाजवादी० का डा राजेन्द्रमान श्रेष्ठले तीन हजार दुई सय २१, एमालेका चन्दनकृष्ण श्रेष्ठले तीन हजार एक सय ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चकृष्ण श्रेष्ठले एक हजार दुई सय ७९ ल्याउनुभएको छ ।

त्यस्तै चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणना हुँदा क्षेत्र नं १ ९१० मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठले सात हजार दुई सय ५६ मतले अग्रता लिनुभएको छ भने एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठले छ हजार दुई सय ४१, नेपाल मजदुर किसान पार्टी मीनबहादुर बाटाले तीन हजार पाँच सय ८८ र राप्रपाका राजु कुइँकेलले चार हजार तीन सय ३१ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी छ ।