१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहसचिव पाण्डेको प्रश्न: जनताको सेवामा अहोरात्र खटिँदा हाम्रो टाउकोनै फुट्नु पर्ने किन ?



अ+ अ-

काठमाडाै। गृहसचिव टेकनारायण पाण्डेले एमसीसीको विरोधमा आइतबार संसद् भवन रहेको नयाँबानेश्वरमा भएको विरोध प्रदर्शनमा घाइते भएका प्रहरीप्रति पीडा व्यक्त गर्नुभएको छ ।राम्रो अवसर नपाएर प्रहरी हुनुपरेको तीतो यथार्थ पोख्दै सचिव पाण्डेले प्रहरीकै भाषामा जनताको सेवामा अहोरात्र खटिँदा पनि हाम्रो टाउको नै फुट्नुपर्ने किन भनी प्रश्न गर्नुभएको छ । 

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, “अवसर पाएको भए ठूलो जागिर खान्थ्यौँ, विदेश पनि जान्थ्यौँ, अथवा राजनीतिमा पनि हुन्थ्यौँ।।।।। राष्ट्रसेवाको भावनाले सानो ठूलो नभनी जसको सरकार भएपनि जनताको सेवामा अहोरात्र खटिँदा हाम्रो टाउकोनै फुट्नु पर्ने किन ? (प्रहरीको पीडा) ”

आइतबार एमसीसीको विरोधमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले ढुङ्गा मुढा प्रहार गर्दा १० प्रहरी घाइते भएका थिए ।   सत्ता साझेदार दलको बैठकमा एकातिर एमसीसी टेबल गर्न सहमत हुने तर अर्कातिर आफ्ना कार्यकर्तालाई सडकमा एमसीसीकै विरोधमा प्रदर्शन गर्न उक्साई प्रहरीको टाउको फुटाउन लगाउने केही राजनीतिक दलको गतिविधि बिडम्वनापूर्ण देखिन्छ ।

सचिव पाण्डेले फेसबुकमा पोष्ट गर्नुभएको सो स्टाटसप्रति केहीले प्रहरीप्रति सहानुभूति प्रकट गरेका छन् । एकजनाले लेख्नुभएको छ, “कठै बिचारा निरिह प्रहरी।।। देशका लागि भन्दा पनि अमुक नेताको लागि कुटाइ खानुपर्ने ।”  

त्यस्तै अर्को टिप्पणी छ, “नेताको गलत संस्कार भयो। सदाचार देखिएन। निष्ठामा स्खलन आयो। दुई जिब्रे भए हाम्रा नेता। स्पष्ट दृष्ठिकोण राख्न सकेनन्। यस्ता नेताका लागि पक्ष विपक्षमा कार्यकर्ता आ–आफ्नो टाउको फोड्न लागे। हामी संवेदनशील हुनै सकेनौँ। चुरो समस्या यहीँ हो।”

“प्रहरीलगायतको निमुखा कर्मचारी (विधि, पद्दतिअनुसार काम गर्न खोज्नेको) पीडा वुझ्ने कसले ? सधैँभरी यसरी टाउको फुटी राख्ने हो, ज्यान जोखिममा पारि राख्ने हो ,घर परिवार वालवच्चा सवैका हुन्छन नि होइन र ?