१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ४ बाट गगन थापा विजयी



file
अ+ अ-

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टराईलाई भारी मतान्तरले पछि पार्दै उनी सांसद निर्वाचित भएका हुन् ।

अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय ९६ मतको गणना सकिएको छ । यहाँ ४८ हजार ८५९ मत खसेको थियो । अब ५ हजार ४ सय ६३ मत गन्न बाँकी छँदा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ ।

अहिलेसम्मको गणनामा गगनले २० हजार ४१७ मत ल्याएका छन् भने एमालेका भट्टराईको १३ हजार ३२ मत छ । यस्तै राप्रपाको ३ हजार ६ सय ९३ र लौरोको ११ सय ३३ मत आएको छ । यद्यपि, गगनले विजयको औपचारिक घोषणाका लागि केही समय प्रतिक्षा गर्नुपर्ने छ ।