१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ ५ मा कांग्रेसका प्रदीप पौडेलको अग्रता, ईश्वर पोखरेल कति मत ?



अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उनले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिएका हुन् ।

अठार हजार सात सय ९७ मत गणना हुँदा युवा नेता पौडेलको छ हजार एक सय ८१ मत प्रप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको चार हजार तीन सय ६५ प्राप्त भएको क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिए ।

यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । काठमाडौँ क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।