• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

सिन्धुपाल्चोक १ मा एमाले र २ मा कांग्रेसको अग्रता



सिन्धुपाल्चोक । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर १ मा नेकपा (एमाले) को अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार सरेश नेपालले तीन हजार ८५ मत प्राप्त गर्नुभएको छ लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले दुई हजार नौ सय एक मत प्राप्त पछ्याइरहनुभएको छ ।

प्रदेशसभामा ‘१’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मसिना खड्काको अग्रता रहेको छ । उहाँले दुई हजार एक सय ३९ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले एक हजार नौ सय २१ मत पाउनुभएको छ । हालसम्म क्षेत्र नम्बर १ को भोटेकोसी गाउँपालिकाको गणना सकिएको छ ।

सिन्धुपाल्चोक २ मा कांग्रेसको अग्रता
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गर्नुभएको छ ।

जारी मतगणनामा बस्नेतले तनि हजार एक सय ७५ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङले एक हजार आठ सय ७५ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसमा ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवराज दुलालको अग्रता रहेको छ । उहाँले तीन हजार ३५ मत पाउनुभएको छ भने एमालेका अमानसिं तामाङले एक हजार आठ सय ३३ मत पाउनुभएको छ । हालसम्म क्षेत्र नम्बर २ को इन्द्रावती गाउँपालिकाको चार वटा वडा गणना सम्पन्न भएकोे छ ।