• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड ★   गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित ★   चुरे संरक्षणको माग गर्दै पदयात्रा, माईतीघर मण्डलामा धर्ना– तस्बिरहरु ★   बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा: प्रधानमन्त्री ★   सिरोहिया निर्दोष छन्, रविमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैन: नेता निधी ★   ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने गृहमन्त्रीको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग

नुवाकोट क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार अगाडि



त्रिशूली । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको अग्रता कायम रहेको छ ।

जारी रहेको मतगणनाअन्तर्गत क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ छ हजार चार सय ६३ मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले दुई हजार छ सय ५८ मत ल्याउनुभएको छ भने नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङले दुई हजार तीन सय २१ मत र राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार डा प्रद्युम्न महतले सात सय एक मत प्राप्त गर्नुभएको छ ।

उक्त क्षेत्रमा ककनी गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ को गणना सम्पन्न भएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेशतर्फ प्रदेश २ मा दुई हजार दुई सय ४७ मतगणना हुँदा एमालेका पूर्णलाल श्रेष्ठले नौ सय ७९ मत, नेपाली कांग्रेसका रमेशकुमार महतले आठ सय चार मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले दुई सय ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी भयो ।

क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार अगाडि
निर्वाचन क्षेत्र नं २ र उक्त क्षेत्रको प्रदेश १ मा जारी रहेको मतगणनामा सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभातर्फ तीन हजार आठ सय ६० मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले दुई हजार ७६ मत, नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले नौ सय ५५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले सात सय पाँच मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँको अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढङ्गानाले दुई हजार दुई सय ५६ मत ल्याएर अग्रता कायमै राख्नुभएको छ भने एमालेका उम्मेदवार केशवराज पाण्डेको एक हजार ४३ मत र उम्मेदवारी निष्क्रिय बनाए पनि कांग्रेसका गीता अमात्यले चार सय २९ मत प्राप्त भएको छ । जारी रहेको मतगणना निरन्तर अघि बढाइने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।