५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा ढकाल, पोख्रेल र पाण्डेको अग्रता



अ+ अ-

चितवन । आइतबार सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार क्षेत्र नम्बर १ मा १४ हजार दुई सय ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहनुभएको छ ।

उहाँले पाँच हजार ९८ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले तीन हजार आठ सय ८५ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा ९एमाले०का सुरेन्द्र पाण्डेले तीन हजार आठ सय ८४ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेका छन् । जसमध्ये ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।

यस्तै क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले अग्रता कायम राख्नुभएको छ । सात हजार ४१ मत गणना गर्दा उहाँले दुई हजार तीन सय ३१ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले दुई हजार ३६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुई हजार २२७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता लिनुभएको छ । उहाँले दुई हजार तीन सय ५६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले दुई हजार तीन सय ४९ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी दुई हजार दुई सय १४ मत प्राप्त गर्नुभएको छ ।

नौ हजार छ सय ४० मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले दुई हजार ७८ मत प्राप्त गर्नुभएको छ । यो मत परिणाम बिहान ६ः४० बजे सम्मको हो । निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा ३ मा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।