५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

चितवनमा ढकाल, पोख्रेल र पाण्डेको अग्रता

चितवनमा ढकाल, पोख्रेल र पाण्डेको अग्रता
अ+ अ-

चितवन । आइतबार सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार क्षेत्र नम्बर १ मा १४ हजार दुई सय ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहनुभएको छ ।

उहाँले पाँच हजार ९८ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले तीन हजार आठ सय ८५ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा ९एमाले०का सुरेन्द्र पाण्डेले तीन हजार आठ सय ८४ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेका छन् । जसमध्ये ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।

यस्तै क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले अग्रता कायम राख्नुभएको छ । सात हजार ४१ मत गणना गर्दा उहाँले दुई हजार तीन सय ३१ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले दुई हजार ३६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुई हजार २२७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता लिनुभएको छ । उहाँले दुई हजार तीन सय ५६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले दुई हजार तीन सय ४९ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी दुई हजार दुई सय १४ मत प्राप्त गर्नुभएको छ ।

नौ हजार छ सय ४० मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले दुई हजार ७८ मत प्राप्त गर्नुभएको छ । यो मत परिणाम बिहान ६ः४० बजे सम्मको हो । निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा ३ मा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।