२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा क्षेत्र नं २ः माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता



अ+ अ-

गोरखा । प्रतिनिधिसभा सदस्य गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गर्दैै लैजानुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसारसम्म करिब छ हजार मतपत्र गणना गर्दा उहाँले तीन हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले नौ सय ३५ मतका साथ पछ्याई रहनुभएको छ । त्यस्तै नेकपा (एमाले)का अब्दुस सलाम मियाँले अहिलेसम्म आठ सय ६४ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फको मतगणना पनि भइरहेको छ । अहिलेसम्म समानुपातिकतर्फ माओवादी केन्द्रले एक हजार सात सय ९४ नेपाली कांग्रेस एक हजार ६३, नेकपा (एमाले)ले दुई सय ९० मत र राष्ट्रिय स्वतन्त्र पार्टीले दुई सय ७४ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै गरी, प्रदेशसभातर्फ समानुपातिमा २ ९१० मा माओवादी केन्द्रले एक हजार चार सय ७८ मत र एमालेले सात सय ७८ मत प्राप्त गरेको छ ।