• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

गोरखा-२ मा दाहालको अग्रता



file

काठमाडौँ । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन् ।

कूल ८ सय मत गणना हुँदा अध्यक्ष दाहालले पाँच सय १६ मत प्राप्त गरेका छन् ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा (एमाले)का उम्मेदवार अब्दुस मियाले ६६ मत प्राप्त गरेका छन् । मतदान सकिएको करिब २७ घण्टापछि मतगणना सुरु भएको हो ।