९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर–२ मा एमाले उम्मेदवार महर्जन दुई हजार चार सय मतान्तरले अगाडि



अ+ अ-

ललितपुर । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नो मतान्तर बढाएको छ ।

आज बेलुका सवा ७ बजेसम्मको मतगणना विवरणअनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यभन्दा दुई हजार चार सय १९ मत अन्तरले अग्रता कायम गर्नुभएको छ ।

कूल ३७ हजार नौ सय १७ मतगणना हुँदा एमाले उम्मेदवार महर्जनले १० हजार तीन सय तीन मत पाउनुभएको छ । हाम्रो नेपाली पार्टीका उम्मेदवार शाक्य सात हजार आठ सय ८४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार कृष्णलाल महर्जन छ हजार चार सय ८६ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले छ हजार ६८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले चार हजार नौ सय ५८ मत पाउनुभएको छ । रासस