६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर–२ मा एमाले उम्मेदवार महर्जन दुई हजार चार सय मतान्तरले अगाडि



अ+ अ-

ललितपुर । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नो मतान्तर बढाएको छ ।

आज बेलुका सवा ७ बजेसम्मको मतगणना विवरणअनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यभन्दा दुई हजार चार सय १९ मत अन्तरले अग्रता कायम गर्नुभएको छ ।

कूल ३७ हजार नौ सय १७ मतगणना हुँदा एमाले उम्मेदवार महर्जनले १० हजार तीन सय तीन मत पाउनुभएको छ । हाम्रो नेपाली पार्टीका उम्मेदवार शाक्य सात हजार आठ सय ८४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार कृष्णलाल महर्जन छ हजार चार सय ८६ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले छ हजार ६८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले चार हजार नौ सय ५८ मत पाउनुभएको छ । रासस