• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्रधानमन्त्री देउवाको अग्रता कायमै



डडेल्धुरा । डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहनुभएको छ ।

दुई हजार नौ सय ५६ गणना गर्दा प्रधानमन्त्री देउवाले एक हजार चार सय चार, स्वतन्त्र उम्मेदवार सागर ढकालले सात सय ३० र कर्णबहादुर मल्ल नेपाली कांग्रेस ९विपी० ले पाँच सय २७ मत प्राप्त गर्नुभएको छ । रासस