९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम– १ मा एमालेका बस्नेतको सुरुवाती अग्रता, झलनाथ पछ्याउदै



अ+ अ-

इलाम । इलाम क्षेत्र नं १ मा नेकपा एमालेका महेश बस्नेतले सुरुवाती अग्रता लिनुभएको छ ।

आज अपराह्नबाट सुरु भएको गणना जारी छ । साँझ ५ः३० बजे निर्वाचन कार्यलयले दिएको जानकारीअनुसार दुई हजार छ सय ८९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बस्नेतले एक हजार दुई सय ५८ मत प्राप्त गर्दा नेकपा (एकिकृत समाजवादी) का झलनाथ खनालले एक हजार ४१ मत प्राप्त गर्नुभएको छ । खनाल गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ ।

आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनमा इलामबाट एक लाख २९ हजार एक सय ७५ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ५७।७७ प्रतिशत हो ।

जसमध्ये पुरुषतर्फ ६८ हजार चार सय ५८ र महिलातर्फ ६० हजार सात सय १७ ले मतदान गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिनुभएको छ । दुई लाख २४ हजार आठ सय ७७ मतदाता सङ्ख्या रहेको इलाममा एक सय ५० मतदानस्थल र एक सय ३६ मतदान केन्द्र रहेका छन् । रासस