१९ भाद्र २०८३, शुक्रबार
,
Latest
Auto Draft चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल तथा भारतीय टोली सम्मिलित क्रिकेट खेल विराटनगरमा



अ+ अ-

मोरङ । प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ ।
    
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा नेपालका र भारतका १६ टोली सम्मिलित उक्त प्रतियोगिता विराटनगर जुट मिल क्रिकेट खेल मैदानमा हुनेछ  ।एकेडेमीका अध्यक्ष  मुरारी चौधरीले  नक आउट आधारमा टि–२० क्रिकेट प्रतियागितामा कटिहार क्रिकेट क्लब, भारत, जोगबनी क्रिकेट क्लब भारत, भैरहवा क्रिकेट क्लब, जनकपुर क्रिकेट  क्लब, बोस्टन क्रिकेट क्लब झपा, होराईजन क्रिकेट क्लब विराटनगर, विराट क्रिकेट क्लब एण्ड एकेडेमी विराटनगर, मिल्स क्रिकेट क्लब विराटनगर रहेको जानकारी दिनुभयो । 
    
यसैगरी पूर्णिया क्रिकेट क्लब भारत, कानपुर क्रिकेट क्लब भारत, काठमाडौँ क्रिकेट  क्लब, सिरहा क्रिकेट क्लब, सुनसरी–११ क्रिकेट  क्लब, पूर्वाञ्चल क्रिकेट  क्लब विराटनगर, प्याट्रिक क्रिकेट क्लब झापा, एमसिसिए विराटनगर गरी १६ टोलीको सहभागिता रहने छ ।    

प्रतियोगिताका विजयी हुने प्रथम हुने टोलीलाई नगद रु एक लाख ११ हजार, दोस्रोलाई रु ५१ हजार र अन्य विभिन्न विधामा उत्तकृष्ट हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । रासस