८ पुष २०८२, मंगलवार
,
Latest
एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली–१ र ३ मा नागरिक उन्मुक्ति पार्टीलाई अग्रता



अ+ अ-

कैलाली । प्रतिनिधिसभा निर्वाचनको कैलालीमा मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै मतपरिणाम आउने क्रम जारी छ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुईवटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

कैलाली क्षेत्र नं १ मा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र कैलाली–३ मा गङ्गाराम चौधरी अगाडि रहनुभएको छ । अध्यक्ष श्रेष्ठले ६ सय ९१ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीले चार सय ११ मत ल्याउनुभएको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का तपेन्द्रबहादुर रावलले एक सय ८३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा हालसम्म पाँच हजार एक सय पाँच मतको परिणाम सार्वजिनक भएको छ । मतपरिणामअनुसार नागरिक उन्मुक्तिका गङ्गाराम चौधरीले एक हजार ६ सय एक मत पाउँदा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णकुमार चौधरीले एक हजार तीन सय मत प्राप्त गर्नुभएको छ । कैलाली–३ मा राप्रपाका वीरेन्द्रबहादुर बम एक हजार ५० मतसहित तेस्रो स्थानमा रहनुभएको छ भने एमालेका गौरीशङ्कर चौधरीले आठ सय मत प्राप्त गर्नुभएको छ ।

कैलाली क्षेत्र नं २ मा ५ बजेदेखि मतगणना केहीबेरमा सुरु भएको थियो । क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ गठबन्धनबाट भगत बडुवाल, एमोलबाट झपट रावल र नागरिक उन्मुक्तिबाट अरुण चौधरी प्रतिस्पर्धामा छन् ।

कैलाली क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा दुवैको मतगणना सुरु भएको छ । कैलाली क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्र्फ सात सय २६ मतगणना सकिएको छ । यस क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरबहादुर बलायर ९रूख० ले तीन सय ९४, लेखराज भट्ट ९सूर्य० ले दुई सय ६८ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रको प्रदेशसभा (१) तर्फ नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारीले चार सय ६५, एमालेका भीमबहादुर देउवाले एक सय ८१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी प्रदेशसभा (२) तर्फ पनि मतगणना सुरु भएको स्थानीय पत्रकार लक्ष्मी जैसीले जानकारी दिनुभयो । कैलाली क्षेत्र नं ५ मा निर्वाचन अधिकृत बिरामी भएकाले अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । रासस