२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा – ५ मा अध्यक्ष ओलीको अग्रता कायमै



अ+ अ-

काठमाडौँ । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गरेका छन् ।

छ हजार दुई सय १५ मत गणना हुँदा एमाले अध्यक्ष ओलीले तीन हजार दुई सय १२ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले एक हजार पाँच सय २३ मत प्राप्त गरे ।

झापा क्षेत्र नम्बर ५ मा एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेपनि एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् । यो निर्वाचन क्षेत्रमा ६६ दशमलब २७ प्रतिशत मत खसेको छ ।