९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा पनि मतगणना सुरु



अ+ अ-

कुश्मा । पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना अपराह्न ४ः३० बजेदेखि सुरु भएको छ ।

प्रतिनिधिसभाका एक प्रदेशसभा दुई निर्वाचन क्षेत्र रहेको पर्वतमा ६६ हजार दुई सय ७३ मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ एक लाख २२ हजार छ सय ४९ जना मतदाता छन् । निर्वाचनमा ५४ प्रतिशत मात्रै मत खसेको कार्यालयले जनाएको छ । पर्वतमा सत्तारूढ गठबन्धन, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलका उम्मेदवार मैदानमा छन् ।

पर्वतमा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुन जोशी र नेकपा एमालेका उम्मेदवार पदम गिरीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।