१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनु मलिकलाई इजरायली संगीत चोरीको आरोप



अ+ अ-

काठमाडौं । भारतका चर्चित संगीतकार अनु मलिकलाई संगीत चोरीको आरोप लागेको छ । 

उनले फिल्म ‘दिलजले’ को एक गीतको संगीत इजरायलको राष्ट्रिय गीतबाट लिएको पाइएको छ ।

टोकियो ओलम्पिकमा आइतबार इजरायलले दोस्रो स्वर्ण पदक जितेको थियो । उक्त अवसरमा खेलाडीको सम्मानमा राष्ट्रिय गान बजाइएको थियो । उक्त गीतको धुन फिल्म ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ सँग मिल्दो पाइएको हो ।

सामाजिक प्रयोगकर्ताले ‘दिलजले’ उक्त गीतको संगीत इजरायलको राष्ट्रिय गान चोरी भएको आरोप मलिकलाई लगाएका छन् ।

मलिकलाई संगीत चोरीको आरोप लागेको यो पहिलो भने होइन । यस अगाडि पनि उनले यस्तो आरोप खेपिसकेका छन् ।