२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश फ्रेन्ड्स क्लबमा अनुबन्धित



अ+ अ-

काठमाडौं। कुपन्डोलको फ्रेन्ड्स क्लबले मिडफिल्डर प्रकाश बुढाथोकीलाई अनुबन्धित गरेको छ ।

सहिद स्मारक ए डिभिजन क्लब फ्रेन्ड्सले सोमबार राष्ट्रिय टोलीका मिडफिल्डर प्रकाशलाई अनुबन्ध गरेको जानकारी दिएको हो । 

फ्रेन्ड्सले नयाँ सिजनको ए डिभिजन लिगका लागि प्रकाशलाई टिममा अनुबन्ध गरेको हो ।

ए डिभिजन लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।

प्रकाशले टिमको कप्तानीको जिम्मेवारी समेत सम्हाल्ने भएका छन् । 

प्रकाशले अघिल्लो सिजनको लिग न्युरोड टिम एनआरटीबाट खेलेका थिए भने त्यसअघि उनी मनाङको टिममा थिए ।त्यस्तै उनीसँग थ्री स्टार क्लबबाट समेत खेलेको अनुभव छ ।