७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीद्वारा मतदातालाई धन्यवाद



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको आज सम्पन्न निर्वाचनमा सहभागी भई मतदान गर्नुहुने सबै मतदातालाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले निर्धारित मतदान समय सकिएपछि साँझ सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिनुभएको हो ।

अध्यक्ष ओलीले मतदाताको मतको सधै कदर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्षले भन्नुभएको छ– तपाईं मतदातालाई हार्दिक धन्यवाद । तपाईंको मतको सधै कदर गर्छौं ।
अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं। ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

उहाँले आफ्नो बसोवास रहेको भक्तपुर निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बालकोटको शान्ति आदर्श माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।