• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलबाट मतदान -फोटो फिचर



काठमाडौं ।नेकपा (एमाले)का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गर्नुभएको छ ।

पौडेलले वुटवल -८ स्थित सडक डिभिजन कम्पाण्डमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हाे ।

पौडेलले यो क्षेत्रबाट लगातार पछिल्ला तीन निर्वाचनमा जित हासिल गर्नुभएको थियो । पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः माओवादीका भक्ति पाण्डे, ०७० मा माओवादीकै डा बाबुराम भट्टराई र कांग्रेसका सूर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका नेता युवराज गिरीलाई पराजित गर्नुभएको थियो ।